नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर
पाेखरा | साउन १८, २०८१
पोखरा: नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो ।
पोखरा न्युरोडमा खुलेको पोशाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाशलगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो ।
ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा खोलेको पोशाक घरलाई इजी ग्रुपले पोखरामा भित्राएको छ । पोखरालाई आधार क्षेत्र बनाएर नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा खोलिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए ।
पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजाभन्दा बढी कामदार उपलब्ध गराएको कम्पनी हो, इजी ग्रुप ।
इजी ग्रुपले होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्ने ग्रुपका संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए । इजी ग्रुपले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आइरहेको छ । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ ।
गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको विक्री भइरहेको कडेंलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगाइरहेको छ । त्यही इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको हो ।
पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजी ग्रुपका कडेंल र पोशाक घरका बजगाईंको सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका छन् । पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कडेंलले बताए ।
तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए ।
गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ थियो । १ करोड लगानीमा खुलेको पोशाक घर हजारौंको मन बस्ने सपुतको जोड थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

